ओली प्रचण्डबीच बालुवाटारमा छलफल
नेपालखोज
२०७७ असार १९ गते १४:२०
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच बालुवाटारमा छलफल शुरु भएको छ ।
छलफलमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्ने विषयमा निर्णायक वार्ता हुने बुझिएको छ । भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीमाथि स्थायी समिति बैठकमा राजीनामा दिन दबाब बढेपछि उनले संसद अधिवेशन अन्त्य गराए । दुई अध्यक्ष बीचको छलफलले निकास निकाल्ने र भोली बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाले जनाएको छ ।
उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ । यसअघि हिजो जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया