मंगलबार, माघ १, २०८१

रोल्पमा क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

नेपालखोज २०७७ असार १९ गते १४:३१

काठमाडौँ । रोल्पामा क्वरेण्टीनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

गएको बुधबार क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले जानकारी दिनुभएको छ ।

विद्यालयमा स्थापना गरिएको क्वरेण्टीन भरिएकाले उनलाई गाउँको एउटा घरमा एक्लै राखिएको थियो । मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया