आज ७४० नयाँ संक्रमित थपिए, कुल कोरोना संक्रमित सख्या १५ हजार नाघ्यो
नेपालखोज
२०७७ असार १९ गते १६:३०
काठमाडौं । नेपालमा थप ७४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ६ हजार १४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
सम्बन्धित
प्रतिक्रिया