कोरोना परीक्षणको दायरा बढ्यो : स्वास्थ्य मन्त्रालय
नेपालखोज
२०७७ असार १९ गते १८:३९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड १९ परीक्षणको दायरा बढाएको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले क्यान्सर, मधुमेह, आपतकालीन र आईसीयूमा बसेका बिरामी तथा पकेट क्षेत्रमा बसेका मानिस, स्वास्थ्यकर्मीको परीक्षण गरिने बताए ।
साथै क्लिनिकल समन्वय समितिको बैठकले सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया