शुक्रबार, वैशाख ७, २०८१

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाघ्यो !

नेपालखोज २०७७ असार २० गते ६:२३

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाघेको छ ।

ओल्डोमिटर्सका अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ११ लाख नाघेको छ। ओल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार ३ सय ७६ नाघेको छ भने संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ३ सय १३ पुगेको हो।

विश्वभर कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ६२ लाख ६७ हजार २ सय ९८ पुगेको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा हालसम्म संक्रमितको संख्या २७ लाख ८८ हजार ३ सय ९५ पुगेको छ भने त्यहाँ १ लाख २९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा १५ लाख ३९ हजार ८१ संक्रमित छन भने ६१ हजार ८ सय ८४ को मृत्यु भइसकेको छ । त्यस्तै रुसमा ६ लाख ६६ हजार ९ सय ४१ संक्रमित छन भने त्यहाँ मृतकको संख्या ९ हजार ८ सय ४४ पुगेको छ ।

त्यस्तै छिमेकी देश भारतमा ६ लाख २५ हजार ५ सय ४४ जना संक्रमित रहेका छन भने त्यहाँ १८ हजार २ सय १३ जनाको मृत्यु भएको छ।संक्रमितको संख्याका हिसाबले पेरु र चिलीले बेलायतलाई समेत पछाडि पारेका छन्।

पेरुमा २ लाख ९५ हजार ५सय ९९ र चिलीमा २ लाख ८८ हजार ८९ संक्रमित पुगेका छन् भने बेलायतमा २ लाख ८५ हजार ७ सय ८७ संक्रमित पुगेका छन्।

प्रतिक्रिया