शुक्रबार, चैत १६, २०८०

आज आइतबार सुर्यदेवको दर्शन गर्नुहोस सुख प्राप्ती हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ असार २१ गते ६:०९

आज  २१ आषाढ २०७७ आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफ़नतले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्तापनि बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया