बिहीबार, जेठ २, २०८२

सहयोगी नेताबीच ओली र प्रचण्डको छलफल

नेपालखोज २०७७ असार २१ गते १२:४०

काठमाडौं ।  पार्टी फुट्न नदिने उपाय खोज्ने भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ ।

प्रतिक्रिया