नेपालमा आज थप २९३ जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालखोज
२०७७ असार २१ गते १६:४४
काठमाडौँ । नेपालमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कुल संक्रमित सङ्ख्या १५ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।
सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएको र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया