शुक्रबार, वैशाख १४, २०८१

भारतले बनाइदियो १ करोड ३१ लाखको स्कुल भवन

नेपालखोज २०७७ असार २२ गते १६:२४

काठमाडौं । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको बरबोटे गाविसमा रहेको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको नयाँ भवनको उद्घाटन भएको छ । करिव १ करोड ३१ लाखमा उक्त भवन भारत सरकारले बनाइदिएको हो ।
सोमबार बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा भिडियो कन्फरेन्समार्फत गरियो ।

सन् २००९ मा प्राथमिक तहबाट सुरु भएको यो विद्यालय २०१५ मा माध्यमिक भयो । विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु यो विद्यालयको विशेषता हो । यो विद्यालयले आवासीय सुविधा पनि दिनेछ ।

भारत सरकारको आर्थिक लगानीमा निर्मित यस चारतले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमा दसवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि ९ वटा शयन, चारवटा अध्ययन कक्ष रहेका छन् । वार्डेन कार्यालयका साथै एउटा बैठक कक्ष र एउटा साझा हललगायत ३ वटा भण्डारण कक्ष पनि छन् । प्रत्येक तलामा छात्र–छात्राका लागि छुट्टाछुट्टै ट्वाइलेट बाथरुमहरु रहेका छन् । जिल्ला समन्वय समिति ईलामले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

यो नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गर्दै शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा जोडिन पाएकोमा भारतीय दुतावासले खुसी व्यक्त गरेको छ ।

प्रतिक्रिया