बिहीबार, चैत १५, २०८०

ठगी मुद्धा चलाइएका कैलाश खड्का बोर्डको सदस्य !

नेपालखोज २०७७ असार २२ गते १९:१४

काटमाठाैं । तत्कालीन श्रम मन्त्री गोकर्ण बिष्टले ठगी मुद्दा चलाएका व्यक्ति वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेका छन् ।

मलेसिया रोजगारीमा जाने नेपालीलाई वायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टेपजस्ता शीर्षकमा ठगी गरेको आरोपमा मन्त्री विष्टले कैलाश खड्कालाई मुद्दा चलाएका थिए । आइतबार खड्का र कतार भिसा सेन्टरका संचालक हेम गुरुङलाई मन्त्री यादवले बोर्ड सदस्यमा मनोनीत गरेका छन् ।

मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुका तर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञका रुपमा मनोनीत गरेको छ । गुरुङ कतार भिसा सेन्टरका साथै सिटी मनी एक्सपे्रेसका संचालक पनि हुन् । कतार भिसा सेन्टर कतारमा जाने कामदारको स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पूरा गर्न खोलिएको हो । कतार भिसा सेन्टरलाई मात्र कतारमा जाने कामदारको स्वास्थ्य परीक्षणदेखि सबै विधि पुरा गर्ने गरी एकाधिकार दिइएको छ ।

कतार भिसा सेन्टरमा भिसा, स्वास्थ्य परीक्षण र कामदारको वायोमेट्रिक, बिमा लगायतका सेवाका प्रक्रिया पुरा गर्नेगरी सिन्डिकेट कायम गर्न दिइएको छ । यसरी सिन्डिकेट गरी कामदारसँग मनपरी शुल्क असुलीका लागि छुट पाएको कतार भिसा सेन्टरका संचालक गुरुङलाई मन्त्री रायले आर्थिक चलखेलमा मनोनीत गरेका छन् । गुरुङ र खड्का दुवैलाई बोर्ड सदस्य मनोनीत गर्दा मन्त्री रायले करोडका दरले घुस लिएको आरोप छ ।

कैलाश खड्काले मलेसिया जाने कामदारसँग वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा वार्षिक १ अर्ब ७१ करोड रुपैयाँसम्म ब्रम्हलुट मच्चाएपछि २०७५ जेठमा उनीसहित ४२ जनाविरुद्ध श्रम मन्त्रालयले ठगी मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो । त्यसक्रममा मेरिडियनका देवकुमार राई, भिसा प्रोसेसिङ गर्ने भिएलएनका राम श्रेष्ठ लगायत पक्राउ परे । त्यो समयमा कैलाश खड्का फरार भएर जोगिएपनि पछि अदालतमा सेटिङ गरी उनले मुद्दा जितेका थिए । वार्षिक १ अर्ब ७१ करोड कामदारबाट ठगीगरेको आरोप लागेका कैलाशलाई मन्त्री यादवले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको विज्ञमा मनोनीत गरेका छन् । नेपाली कामदारलाई ठग्ने र अकुत सम्पत्ति कुम्ल्याउने वैदेशिक रोजगार बोर्डको विज्ञ मनोनित कसरी हुन सक्छन् ?

कैलाश खड्काले स्वास्थ्य प्रणाली र भिसा प्रक्रियामा नेपाली श्रमिकमाथि शोषण गर्दै आएका थिए । भिएलएन, माइग्राम, वायोमेट्रिक, ओएससीलगायतका नामबाट स्थापना गरिएका संयन्त्रलाई मात्रै मलेसिया जाने कामदारले १८ हजार रुपैयाँ बुझाउनुपर्छ । यही वहानामा श्रमिकसँग वार्षिक रूपमा १ अर्ब ७१ करोडभन्दा बढी नेपाली कामदारबाट लुट मच्चाइरहेका थिए । उनीहरु विरुद्ध श्रम मन्त्रालयवाट मुद्धा चलाएको थियो ।

प्रतिक्रिया