शुक्रबार, वैशाख १४, २०८१

सर्वश्रेष्ठ भनिएको टिभीले पनि पत्रकारलाई तलब दिएन

नेपालखोज २०७७ असार २३ गते १४:०३

काठमाडौं । नेपालको अग्रणी टेलिभिजन च्यानल एभिन्यूज टेलिभिजनका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । विगत लामो समयदेखि काम गरेका कर्मचारीहरुले आफ्नो पारिश्रमिक नपाएको भन्दै नेपाल पत्रकार महासंघमा हारगुहार गर्न पुगेका हुन् ।

कोरोनाको कारण देखाउँदै टेलिभिजन प्रशासनले २ दर्जनभन्दा बढी कर्मचारी तथा पत्रकारलाई पाउनुपर्ने तलब नदिएपछि उनीहरुले यस्तो कदम चालेका हुन् ।

पटकपटक ताकेता गर्न कार्यालयमा जाँदा उल्टै प्रशासनबाट दुर्व्यवहार सहनु परेकाे पीडितले आरोप लगाए ।

कोरोनाको कहर सुरु भएपछि टेलिभिजनले कर्मचारी कटौती गर्ने तथा काम गरिरहेकालाई समेत समयमा तलब नदिने गरिरहेको उनीहरुको आरोप छ । १ हप्ताभित्रमा काम गरेवापतको तलब नदिए चरणवद्ध रुपमा कडा आन्दोलनमा जाने पीडित कर्मचारीहरुले बताए ।

प्रतिक्रिया