बिहीबार, वैशाख १३, २०८१

आइजीपीका लागि शैलेश थापा सिफारिस

नेपालखोज २०७७ असार २३ गते १५:२७

काठमाडौँ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी)का लागि गृह मन्त्रालयले एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको गृहमन्त्री निकट स्रोतले जनाएको छ । वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको स्रोतले बताएको छ ।

उक्त सिफारिसलाई मन्त्री परिषद्ले निर्णय गर्नु पर्ने भएकाले पक्कापक्की भने हुन सकेको छैन्। यता अर्का प्रतिस्पर्धी एआइजी हरिवहादुर पालकोसमेत आइजीपीको चर्चा छ। आइजीपी नियुक्तिको निर्णय आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ।

प्रतिक्रिया