शनिबार, वैशाख १५, २०८१

नेपालमा आज थप २०४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६ हजार नाघ्यो

नेपालखोज २०७७ असार २३ गते १६:४३

काठमाडौँ । नेपालमा आज थप २०४ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्र गौतमले आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुलसंख्या १६ हजार १ सय ६८ पुगेको बताए ।

त्यस्तै आज थप ६८८ जना डिस्चार्ज भएका छन् । सोमबार २६४ जना निको भएका थिए । हालसम्म देशभर ७ हजार ४९९ जना निको भएका छन् ।

कूल संक्रमितको ४६ प्रतिशत निको भएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । सोमबार बाग्लुङका २९ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया