सरिता गिरी पार्टी र सांसद दुवैबाट निष्काशित
नेपालखोज
२०७७ असार २३ गते १७:११
काठमाडौँ । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो।
पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
गिरीले लिम्यिाधुरासहितको नक्सा जारी गर्दा विरोध गरेकी थिइन् । संविधान संशोधनका बेला पनि उनले पार्टीको ह्विप उलङ्घन गरेकी थिइन् । नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिलाई कारबाहीको विषय बनाइएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया