बिहीबार, वैशाख ६, २०८१

यातायात व्यवसायीलाई संसदले बोलायो,
सार्वजनिक सवारीसाधन खुल्नसक्ने

नेपालखोज २०७७ असार २४ गते १०:२९

काठमाडौं । कोरोना महामारीले देशमा उत्पन्न असहज परिस्थितिमा सार्वजनिक यातायात व्यवसायीलाई परेको संकट तथा यसको समाधान गर्न छलफल सुरु भएको छ । उक्त छलफलमा सार्वजनिक यातायातलाई परेको समस्या तथा त्यसकाे निवारणमा जोड दिइने बताइएको छ ।

आजको छलफलपछि सार्वजनिक सवारी साधन चल्नसक्ने अनुमान गरिएको छ । ऋणमा रहेका सार्वजनिक सवारीसाधनको ब्याज सहुलियतका विषयमा पनि कुरा हुने बताइएको छ ।

बाुधबार संघीय संसद प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई आज छलफलका लागि बोलाएको हो । सिंहदरबारको संघीय संसद सचिवालयस्थित विकास तथा प्रविधि समितिको सभाकक्षमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया