बिहीबार, वैशाख १३, २०८१

प्रक्रिया पुरा गरेर पनि रोजगारमा जान नपाएको भन्दै प्रदर्शन

नेपालखोज २०७७ असार २४ गते १२:२४

काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका छन् ।
अन्तिम उडानको पर्खाइमा रहेकाहरुले रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन् । उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरुलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने उनीहरुको योजना छ ।

प्रतिक्रिया