शुक्रबार, वैशाख ७, २०८१

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेविसंघको माग

नेपालखोज २०७७ असार २४ गते १७:१३

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त खारेज गर्न माग गरेको गरेको छ ।

नेविसंघले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै कोरोना महामारीका बेला मूल्य वृद्धि गरिएकोप्रति आपत्तिसमेत जनाएको छ । आज नेविसंघले निगमलाई ७ बुँदे सुझाव सहितको ज्ञापनपत्र बुझाएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको उल्लेख गरेको छ । मानिसहरुको रोजगारी गुमेको बेला मूल्य बढाउनु अमानवीय कार्य भएको भट्टराईले बताए।

प्रतिक्रिया