मंगलबार, वैशाख ४, २०८१

माग सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

नेपालखोज २०७७ असार २४ गते १७:२७

काठमाडौँ । कोभिड-१९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताउनु भएको छ । उहाँले लकडाउनको समयलाई शुन्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताए ।

 

प्रतिक्रिया