बुधबार, वैशाख १२, २०८१

माग सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौं

नेपालखोज २०७७ असार २४ गते १८:३७

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले उत्पन्न असहज परिस्थितिमा सार्वजनिक यातायात व्यवसायीलाई परेको संकट तथा यसको समाधान गर्न व्यवसायीहरुले छलफल गरेका छन् ।

कोरोनाका कारण २ जना यातायात मजदुरको मृत्यु भइसकेको र ३ लाख विमाले अब यातायात मजदुर सडकमा ननिस्कनुको विकल्प नरहेको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

११ लाख मजदुर तथा उनीहरुमा आश्रित परिवार गरेर करिब ४५ लाख भोकै मर्ने अवस्थामा रहेको राईले बताए । सनुकुमार कार्कीले जस्तै ११ लाख मजदुरले आत्महत्या गर्ने समाचार आउन सरकारले धेरै दिन कुर्नु नपर्ने उनिहरुले बताए ।

सरकारको विपन्न राहतमा यातायात मजदुर पर्न नसकेको यातायात मजदुरको गुनासो छ । नीजि सवारी मात्र संचालन गर्न दिएर सरकारले गैरकानुनी कार्यलाई प्रोत्साहन गरेको र सरकारले यातायात व्यवसायीलाई सौतेनी व्यवहार गरेको उनिहरुको आरोप छ ।

कर्मचारी प्रहरी तथा सरोकारवाला मिलेर व्यापक कालोबजारी गरेको आरोप यातायात व्यवसायीले लगाएका छन् । उनिहरुले श्रमिकहरुको कोरोना विमा गर्नुपर्ने, ५० प्रतिशत यात्रु राखेर सवारी चलाउदा लाग्ने घाटा व्यवस्थापन गर्नुपर्ने, चार्जिङ स्टेशनहरुलाई डिमाण्ड शुल्क छुट दिनु पर्ने, मजदुरहरुको ५ लाखको कोरोना विमा गर्नुपर्ने, पिपिइको व्यवस्था सरकारले गर्नुपर्ने, यातायात ब्यवस्था बिभाग खारेज गरेर परिबाहान मन्त्रालय गठन गर्नपर्ने, यातायात माफियाको मिलोमतोमा होल्डिङ सेन्टरबाट यात्रुहरु लुटिने क्रम तुरुन्त बन्द गर्नपर्नेलगायतका माग राखेका छन् ।

नेपाल सरकारले सम्न्वय समिति गठन गरेर ठोस निष्कर्ष निकालेन भने स्थिति भयाभह हुने, कुर्सीको नाटकमा हैन सरकार ब्यवसायीको समस्यामा केन्द्रित होउ, भोलिसम्म कुनै निष्कर्ष निस्किएन भने हामी पर्सिबाट सडकमा निस्कनेँ  यातायात व्यवसायीले वताए ।

श्रमिकको विमा गरेर यातायात सञ्चालन गर्न माग गर्दै खान बस्न व्यवस्था गर्नुपर्ने अन्यथा ११ लाख यातायात व्यवसायी गोली चलाउन तयार हुने, शिरमा कफन बाँधेर सडकमा उत्रनेसमेत मजदुरले चेतावनी दिएका छन् ।

प्रतिक्रिया