शुक्रबार, चैत १६, २०८०

बैंकिङ क्षेत्र आगामी २ वर्षसम्म अग्निपरीक्षामा

नेपालखोज २०७७ असार २५ गते १२:५५

काठमाडौं । कोरोना माहामारीका कारण नेपालका बैंकिङ क्षेत्रमा परेको प्रभावका विषयमा बैंकरहरुसँग छलफल सुरु भएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा कांग्रेसले गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतको संयोजकत्वमा  कोरोनाले बैंकिङ क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्रको असरबारे सरोकारवालासँग छलफल भएकाे छ ।

बैंकिङ क्षेत्र आगामी २ वर्षसम्म अग्नीपरीक्षामा रहने कार्यक्रममा बताइएको छ । बैंकिङ क्षेत्रलाई यो आर्थिक वर्षमा खासै समस्या नआउने पनि कार्यक्रममा जानकारी दिइयो । कोरोनाभन्दा अगाडिको ९ महिनाको नाफाले यो वर्ष धान्ने पनि सरोकारवालाले बताए । नेपालमा पुनर्कर्जाको कारण बैंकमा तलरलताको अभाव हुने दिन आउन सक्ने, ऋणिको ऋण तिर्ने क्षमतामा कमी आएकाले पुनःकर्जाको विकल्प नभएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डेले बताए ।

हाल भइरहेको १७५ अर्बको पुनर्कर्जा पर्याप्त नभएको नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहालले बताए । उनले मूल्य निर्धारणको अधिकार बैंकले पाउनुपर्ने, ब्याज तथा स्प्रेड दरलगायतको कुरा बजारले नै निर्धारण गर्नुपर्ने बताए ।

पुनर्कर्जा साना तथा मझौला कम्पनीहरुलाई आवश्यक रहेको जीकिर गर्दै बैंकर चिन्तामणी भट्टराई भन्छन्– ‘साना तथा मझौला इन्टरप्राइजेजहरुलाई राज्यले गरेको नजरअन्दाज, फोर्स मर्जर, ख र ग वर्गका वित्तिय क्षेत्रको खारेज गर्ने अर्थ समितिको प्रतिवेदनलाई नियाल्दा देशको अर्थतन्त्र सीमित माफियाको हातमा रहेको भान हुन्छ ।’

यस्तो समस्यामा सञ्चयकोस, प्रहरी तथा सेनाको सिंचित पूँजी प्रयोग गरियो भने आर्थिक पुनरुत्थान हुने सरोकारवालाको भनाइ थियो ।

प्रतिक्रिया