बिहीबार, माघ १०, २०८१

आज १०८ कोरोना संक्रमित थप, डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय नाघ्यो

नेपालखोज २०७७ असार २५ गते १६:५१

काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप १० सय ८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यो विगत पाँच हप्तामा वृद्धि भएको सबैभन्दा कम सङ्ख्या हो । यो वृद्धिसँगै आज अपरान्हसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ५ सय ३१ पुगेको छ । तीमध्ये ७ हजार ८ सय ९१ जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

अहिले देशभरि आइसोलेशनमा ८ हजार ६ सय ५ जना रहेका छन् । उनीहरू सक्रिय सङ्क्रमित हुन् । विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५ सय ८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २ लाख ६६ हजार ४ सय ५७ पुगेको छ । अहिले देशभरि क्वारन्टीनमा २४ हजार भन्दा बढी व्यक्ति रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया