शुक्रबार, वैशाख ७, २०८१

जताततै पहिराको जोखिम

नेपालखोज २०७७ असार २६ गते ७:०४

सिन्धुलीमाढी । आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् ।

वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जन जति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । उहाँले पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु ग¥यो भन्नुभयो ।

भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय पाण्डव श्रेष्ठले बताउनुभयो । पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, उहाँले भन्नुभयो, अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र ? भएको थातथलोलाई एकै पटक छोडेर हिँड्ने अवस्था छैन ।

सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाई दिनुपर्ने उहाँको तर्क छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया