शुक्रबार, चैत १६, २०८०

नेपाल राष्ट्रिय व्यवसायी महासंघको छाता जुलुस

नेपालखोज २०७७ असार २६ गते ११:५९

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आन्दोलन भारी वर्षाका बावजुद पनि सुचारु रहेको छ ।

न्यूरोडको जुद्ध शालीकदेखि व्यवसायीहरु पानी परेको अवस्थामा पनि छाता ओढेरै अगाडि बढिरहेको जानकारी दिइएको छ ।

कोरोना महामारीका कारण व्यवसाय नचलेको र बैंक तथा वित्तिय संस्थाले पनि ब्याजका लागि ताकेता गरेकाले बिरोध गर्नुपरेको महासंघका अध्यक्ष नरेश कटुवाले बताए । ब्याज तथा घरभाडा तिर्न कम्तिमा पनि १ वर्ष समय चाहिने व्यवसायीको माग रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया