बुधबार, वैशाख १२, २०८१

१ हजार २५ वटा पेट्रोल विक्रेताको निवेदन रद्ध

नेपालखोज २०७७ असार २८ गते १५:०७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि आव्हान गरेको सार्वजनिक सूचना अनुरुप मुलुकभरबाट दर्ता हुन आएका १ हजार २५ वटा विक्रेताहरुको नियुक्ति निवेदन रद्ध गरेको छ ।

निगमले विक्रेता नियुक्तिका लागि २०७६ वैशाख ५ गते र भाद्र १० गते सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा मुलुकभरबाट विक्रेताका लागि परेका निवेदनहरु जनसंख्या, भूगोल सवारी साधनको संख्या एवं सडकको घनत्वका आधारमा नपरेकाले निवेदन रद्द गर्नु परेको नेपाल आयग निगमले जनाएको छ ।

निगमका अनुसार एकै स्थान र विशेषमा नै एकिकृत हुने गरी निवेदन आएको र लागत लाभ, विद्यमान निगमको भौतिक पूर्वाधार तथा जनशक्ति एवं निगममा प्रविधि प्रयोग न्यून भएकाले आषाढ १६ गते बसेको निगम सञ्चालक समितिको वैठकले सवै निवेदनहरु रद्द गरेको हो ।

रद्द गरिएको निवेदनहरुको जहाँ दर्ता गरिएको सोही ठाउँबाट आवश्यक प्रक्रिया पु¥याएर रकम फिर्ता लैजान सम्वन्धित निवेदकलाई आयल निगमले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया