मंगलबार, वैशाख ११, २०८१

आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १६ हजार ८ सय नाघ्यो

नेपालखोज २०७७ असार २८ गते १६:३३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशैभरी गरिएको परिक्षणका क्रममा आज ८२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यससंगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

प्रतिक्रिया