बिहीबार, चैत ६, २०८१

प्रभु र समृद्धि क्यापिटल गाभिएपछिको संयुक्त कारोबार सुरु

नेपालखोज २०७७ असार २९ गते १०:०४

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएपछि आजबाट संयुक्त कारोबार सुरु भएकाे छ ।
कार्यक्रममा क्यापिटल मार्केटका लागि नयाँ टुँडिखेल भएको र यसमा धेरैले धेरै काम गर्न सक्ने कुरा समृद्धि क्यापिटलका अध्यक्ष भानु शर्माले बताए । उनले नेपालले पनि क्यापिटल मार्केटको विकास गर्ने हो भने सिंगापुर तथा जापानले गरेको आर्थिक विकास छिट्टै प्राप्त हुने कुरा बताए ।

Advertisement

नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिस्मराज ढुंगानाले नेपालको क्यापिटल मार्केटका लागि यो नयाँ कोसेढुंगा भएको बताए । उनले ८१ करोडको पूजी रहेको प्रभु मर्चेन्ट नयाँ तथा सवल बाटोमा जान सक्षम भइ अग्रणी भूमिकामा रहनेछ भन्ने विश्वास व्यक्त गरे ।

प्रभु क्यापिटल तथा मर्जर समितिका अध्यक्ष बिनोद थकालीले ७ करोडबाट सुरु भएको कम्पनी आज ८१ करोडको उचाइमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरे ।

२०७६ साल पौष ३ गते दुवै संस्थाबीच मर्जरमा जाने सहमति भएको थियो ।

प्रतिक्रिया