डिप बोरिङ बन्द गर्न केयूकेएललाई ज्ञापन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १९ वडा सरोकार मञ्चले काठमाडौं उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखालाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ । सोमबार मञ्चका संयोजक सुमन खड्गीले लिमिटेडको क्षेत्रपाटी शाखा प्रमुख नृगेन्द्र श्रेष्ठलाई पत्र हस्तान्तरण गरेका हुन् ।
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत् वागमती प्रदेश सदस्य राजेश शाक्यमार्फत् वडा नं १९ को कंकेश्वरी मन्दिर परिसर डिप वोरिङ्गमा फिल्टर प्लान्ट जडान गरिरहेको र उक्त डिप वोरिङ्गबाट उत्पादित पानी अहितकर हुने भएकाले तत्काल बन्द गर्न ज्ञापनपत्र बुझाएको मञ्चका सयोजक सुमन खड्गीले बताए ।
ज्ञापन पत्र बुझ्नुहुदैँ काठमाडौं उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखा प्रमुख नृगेन्द्र श्रेष्ठले आफ्नो क्षेत्राधिकार भित्र रहेर सो समस्या समाधान गर्नका लागि आफू लागि पर्ने बताए ।
१९ वडा मञ्चलले वुझाएको ज्ञापन पत्रमा विभिन्न समस्या सहितका ७ बुँदा रहेका छन् ।
प्रतिक्रिया