बेलायतमा हुवावे 5G मा प्रतिवन्ध लगाएसँगै त्यहाँको डिजिटल गति सुस्त हुने सम्भावना
लण्डन । बेलायत सरकारले हुवावे छन् उपकरण चलाउन प्रतिवन्ध लगाएको छ । सरकारले त्यहाँका मोबाइल प्रदायकहरुलाई सन् २०२७ सम्ममा सवै नेटवर्कबाट हुवावे 5G किट हटाउने निर्देशन दिएको छ ।
बेलायतमा मोबाइल फोन बोक्ने जो कोहीका लागि नि यो निराशाजनक समाचार हो । यसले ब्रिटेनको डिजिटल गति पछि पर्नुका साथै मोबाइलको बिल बढ्ने र डिजिटल डिभाईड गहिरिने खतरा हुन्छ । यो निर्णयले सरकारको स्तर बढ्नुको साटो घट्ने देखिएको छ । यस विषयमा हुवालेले बेलायत सरकारसँग पुनर्विचार गर्न आग्रह गरेको छ । हुवावे बेलायतका प्रवक्ता एडवर्ड ब्रेउस्टरले भने, ‘हामी विश्वस्त छौं कि अमेरिकाको नयाँ प्रतिबन्धले हामी निराश हुनेछैनौं । यसले बेलायतमा आपूर्ति गर्ने उत्पादनहरूको लचिलोपन वा सुरक्षामा असर हुँदैन । बेलायतमा हाम्रो भविष्य माथि राजनीतिकरण भयो । यो दुःखको कुरा हो । बेलायतको यो निर्णय अमेरिकी व्यापार नीतिको बारेमा हो सुरक्षाको बारेमा हुँदै होइन ।’
पछिल्ला २० बर्षमा, हुवावेले बेटर कन्नेक्टेड बेलायत (Better connected UK) को निर्माणमा ध्यान केन्द्रित गर्दै आएको एडवर्डले बताए । उनले भने, ‘एक जिम्मेवार व्यवसायीको रूपमा हामी हाम्रा ग्राहकहरूलाई सँधै समर्थन गरिरहने छौं । जुन हामीले सँधै गर्दै आएका छौं । हामीे यो घोषणाले हामीलाई के हुन्छ भनेर विस्तृत समीक्षा गर्नेछौं । बेलायत सरकारसँग काम पनि गरिराख्ने छौं । ताकि हामी कसरी बेटर कन्नेक्टेड बेलायतमा योगदान दिन सक्छौं ।
प्रतिक्रिया