शुक्रबार, वैशाख १४, २०८१

के के छन् मौद्रिक नीतिमा महत्वपूर्ण कुरा (पूर्णपाठ)

नेपालखोज २०७७ साउन २ गते १५:२१

काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका छन् । शुक्रबार बैङ्कले सार्वजनिक गरेको २०७७/७८ को मौद्रिक नीतिले ठूला बैङ्कहरूको मर्जरलाई प्रोत्साहन गर्ने जनाएको छ ।

बैंकहरुले मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने गभर्नरले बताए । मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने मौद्रिक नीतिमा उल्लेख छ ।

विगतमा नेपाल राष्ट्र बैकले औपचारिक रुपमा ठूलै कार्यक्रमको आयोजना गरी मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि कोभिड–१९ का कारण यस वर्षको मौद्रिक नीति नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत् गरिएको थियो ।

मौद्रिक नीतिको पूर्णपाठ

प्रतिक्रिया