बिहीबार, वैशाख १३, २०८१

नेपालमा आज थप २८५ जना डिस्चार्ज

नेपालखोज २०७७ साउन २ गते १६:४२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार कोभिड–१९ बाट २४ घण्टासंक्रमण मुक्त भई गत २४ घण्टामा थप २८५ जना डिस्चार्ज भएका छन् ।

योसंगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ पुगेको छ । त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

प्रतिक्रिया