शुक्रबार, वैशाख ७, २०८१

डिजिटल टीभी अपरेटरहरुको छुट्टै एसोसिएसन

नेपालखोज २०७७ साउन २ गते २०:३२

काठमाडौं । नेपालमा टीभी अपरेटरहरुको छुट्टै संस्था स्थापना हुने भएको छ । डिजिटल टीभी अपरेटरहरुले आफ्नो छुट्टै संस्था ‘डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल’ दर्ता गर्न लागेका हुन् ।

भारतीय समाचार च्यानलहरुले नेपालका विषयमा जथाभावी समाचार सम्प्रेषण गरेपछि नेपालका टेलिभिजन च्यानलहरु एकजुट हुनुपर्ने आवश्यकता देखिएकाले यस्तो निर्णय गर्नुपरेको जानकारी दिइएको थियो । यो संस्था सुचारु भएपछि सवै टीभी अपरेटरहरुको एक आवाज हुने र कुनै निर्णय गर्नुपर्दा छलफलबाट समाधान निस्कने भएको संस्थाको आवश्यकता देखेको एक सदस्यले बताए ।

कार्यक्रममा उक्त संस्थाको अध्यक्षमा डिसहोमका कार्यकारी अधिकृत सुदीप आचार्यलाई चयन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।
सदस्यहरुमा रविन सुवेदी (प्रभु टीभी), दिनेश सुवेदी (म्याक्स टीभी), प्रकाश घिमिरे (मेरो टीभी), विनय बोहोरा (भायो टीभी), विनोद तिमलसिना (ब्रोड टीभी), निरन राज भण्डारी (नेट टीभी) तथा अमित थापा (क्लियर टीभी) रहेका छन् । संस्थामा डिसहोम, म्याक्स टिभी, भायोनेट टीभी, प्रभु टीभी, क्लियर टीभी, सुबिसुलगायतका छन् ।

मल्टी सर्भिस अपरेटरहरुको भूमिका फरक हुने भएकाले हामीलाई छुट्टै संस्थाको आवश्यकता भएको तथा हाल ४ वटा भारतीय समाचार च्यानल बन्द गरेको बताइएको थियो ।

कार्यक्रममा नेपालविरुद्ध अतिरञ्जित खबर फैलाउने आजतक, एबीपी, जी न्यूज र इण्डिया टीभी नेपाल सरकारको सहमतिमा बन्द गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया