शुक्रबार, वैशाख १४, २०८१

नेकपाको सचिवालय बैठक दिउँसो तीन बजे बस्दै

नेपालखोज २०७७ साउन ३ गते १२:५४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने जनाइएको छ ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् ।

यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो । हिजो अध्यक्षद्धय ओली र दहालबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

सचिवालय बैठकपछि भोलि अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने प्रबत्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया