बिहीबार, वैशाख १३, २०८१

नेपालमा सलहको जोखिम अझै छ !

नेपालखोज २०७७ साउन ३ गते १३:४७

काठमाडौँ । नेपालमा अझै पनि सहल कीराको झुण्ड आउने जोखिम रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ ।

भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए ।

सलह पानीमा निस्क्रिय हुने भएकाले राजस्थानमा पानी परे केही समयका लागि नेपाल आउने सम्भावना टर्ने उनले बताए ।

उनकाअनुसार अस्ति पश्चिम कञ्चनपुरबाट प्रवेश गरेका सहलले नेपाल छाडिसकेका छन् । सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेका पनि उनले जानकारी दिए ।

प्रतिक्रिया