शुक्रबार, वैशाख १४, २०८१

आज थप १ सय ३ जना डिस्जार्च, कुल ११ हजार ६ सय बढी निको भए

नेपालखोज २०७७ साउन ३ गते १६:३०

काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप १ सय ३ जना डिस्जार्च भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणको उपचार पछि निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । यो ६६.१२ प्रतिशत हो ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

आज देशभर ३ हजार ३ सय ३१ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । हाल नेपालमा कुल २३ हजार २ सय ७५ जना हाल क्वारेन्टिनमा छन् । भने आइसोलेसनमा ५ हजार ८ सय २५ जना रहेका छन् ।

प्रतिक्रिया