शुक्रबार, वैशाख ७, २०८१

प्युठानमा ट्याक्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु

नेपालखोज २०७७ साउन ४ गते ८:५७

काठमाडाैं । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।आठ जना सवार लु २ च ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति दुर्घटना परेको हो ।

प्रहरीको अनुसार मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार हुन् । मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन् । एक जना रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया