शुक्रबार, वैशाख १४, २०८१

ग्रील तथा घरेलु साना उद्योगीबाट मौद्रिक नीतिको स्वागत

नेपालखोज २०७७ साउन ४ गते १३:४२

काठमाडौं । कोभिड १९ बाट प्रभाबित ग्रील तथा घरेलु साना उद्योगी व्यवसायी राष्ट्रबैकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट उत्साहित भएका छन् ।

ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मौद्रिक नीति केन्द्रीत भएकोमा खुसी लागेको बताए ।

महंगी नियन्त्रण गर्न अर्थतन्त्रको मेरुदण्ड नीजि क्षेत्रलाई कठीन अवस्थाबाट सुरक्षीत अबतरण गराइ ७ प्रतिशत आर्थिक वृद्धि दर हसिल गर्न प्रोत्साहित भएकोमा महासघले हार्दिक स्वागत गरेको बताए । कटुवालका अनुसार लकडाउनका कारण सम्पूर्ण उद्येग ब्यवसाय बन्द हुँदा दैनिक गुजरा चलाउनसमेत धौ–धौ परिरहेको अवस्था छ ।

कटुवालले भने, ‘यस्तो अवस्थामा बैंकको साँवा र ब्याज बुझाउन नसकेका ६ महिनादेखि २ वर्षसम्मको समयावधि थप गर्न पुनर्तालिकीकरण गर्ने नीतिले हामी उत्साहित भएका छौं । घरभाडा र कर्मचारीको तलब भुक्तानी गर्न नसकेका उद्योग सुचारु गर्न चालू पूँजीको अभावमा चिन्तित उद्योगीलाई चालु पूँजीको २० प्रतिसतसम्म पुनर्कर्जा ५ प्रतिशतमा उपलब्ध गराउने कुराले साना उद्योगी व्यवसायीमा उर्जा थपिएको छ । अब चाडै कार्यविधि बनाई सहज कार्यान्वयन भएमा शिथिल अवस्थामा रहेको अर्थतन्त्र चलायमान भई गति लिने कुरामा व्यवसायी ढुक्क छन् ।’
मौद्रिक नीतिले सम्बोधन गरेका लक्ष्य प्राप्त गर्न पुनर्कर्जा कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने नीतिले सहयोग पुग्नेछ । यसैगरी तरलता बढाउन र ब्याज दर कम गर्न सिसिडी अनुपातलाइ ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत गर्नु राम्रो पक्ष भएको तथा बाँणिज्यका प्रत्येक शाखाबाट न्युनतम १० र बिकास बैकले ५ जनालाइ सहुलियत कर्जा उपलब्ध गराउने कुराले आशा जागेको छ उनले बताए ।

बैंकहरुले आफुखुशी सेवा शुल्क लिन नपाइने कुरा राम्रो पक्ष हो । ५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै संकटमा परेका बेला नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुक नराम्रोसँग प्रभावित भएको अवस्था छ । उद्योगी ब्यवसायीको मनोबल बढाउने खालको मौद्रिक नीति आएको छ । यसलाई स्वागत गर्दै सवै क्षेत्रको सहज पहुँच हुने कार्यविधि बनाउनुपर्छ । यसको कार्यान्वयनमा लाग्न ग्रील तथा स्टील ब्यवसायी महासंघ प्रतिबद्ध रहेको अध्यक्ष कटुवालले बताए ।

प्रतिक्रिया