बिहीबार, वैशाख १३, २०८१

AK 47 राइफलको बदलामा दुई गाई

नेपालखोज २०७७ साउन ४ गते १३:५४

काठमाडौं । नाइजेरियाको उत्तरपश्चिम जामफारा प्रान्तले आत्मसमर्पण गर्ने डाँकाहरु लाई एउटा AK 47 राइफलको बदलामा दुई गाई दिने व्यवस्था गरेको छ ।

जामफाराका गभर्नर बेलो मटावाल्लेका अनुसार, अपराधको जीवनलाई छोडेर जिम्मेवार नागरिकको रूपमा सामान्य जीवन बिताउन प्रेरित गर्न सरकाले यो कदम चालेको हो। पछिल्लो समय त्यहाँ मोटरसाइकलमा सवार डाकाहरुले आतंक फौलाइरहेका छन् । यो घटनाको आरोप त्यस ठाँउमा रहेका फुलानी जातिका गोठाला समुदायलाई लागाउने गरिएको छ । तर, यस समुदायका मानिस यो आरोप स्वीकार गर्न असहमत छन् । गोठालाहरु स्वयम् डाँकाहरुकोहरुको लुटपाटबाट पीडित रहेको बताउछन् ।

सो क्षेत्रमा एउटा गाईको औषत मूल्य करिब नेपाली २८ हजार (२६० अमेरिकी डलर) पर्छ भने, हतियार तस्करहरुबाट AK 47 राइफल किन्दा १२०० अमेरिकी डलर पर्छ ।

कस्ता डाँकाहरु हुन् यी ?

यी डाँकाहरूघना जंगलमा आफ्नो नेटवर्क चलाएर र छिमेकी राज्यहरू लुट्ने समेत गर्छन् । तिनीहरूले प्रायः पसलहरू, जनावर तस्कर, अन्नहरू लुट्छन् र फिरौतिको लागि मानिसहरूलाई बन्धक बनाउँदछन्। जामफारामा भर्खरै भएको आक्रमणमा हतियारधारी सशस्त्र डाँकाहरूले २१ व्यक्तिको हत्या गरेका थिए।

प्रतिक्रिया