बुधबार, वैशाख १२, २०८१

नेकपा स्थायी कमिटी बैठक फेरि सर्यो

नेपालखोज २०७७ साउन ४ गते १४:१८

काठमाडौँ । लगातार स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ ।

आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक मंगलबार अपरान्ह ११ बजेसम्मका लागि सारिएको छ । पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका हुन् ।

यसअघि स्थायी कमिटी बैठक ६ पटकसम्म स्थगित भइसकेको छ । यसैबीच नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारे ।

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको प्रचण्डले स्पष्ट पारे ।

प्रतिक्रिया