शुक्रबार, वैशाख १४, २०८१

भोलीदेखि नै सार्वजनिक सवारी चल्दैन : महासचिव सिटौला

नेपालखोज २०७७ साउन ४ गते १६:२५

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलीदेखि नै सार्वजनिक सावारी संचालन नहुने जनाएको छ ।

लामो समयदेखि बन्द सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा भोलिदेखि सञ्चालन गर्ने भन्ने सञ्चार माध्यामहरुमा आएको समाचारप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदै भन्ने शिर्षकमा आइरहेका समाचारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीनवटा यातायात मजदूर सङ्घ संगठनसमेतको सहभागीतामा कार्यदल निर्माण गरेर सरोकारवाला निकायसँग पटक पटक छलफल गरिरहेकोले चाडैँ सार्वजनिक सवारी साधन सञ्चालनबारे महासंघले निर्णय बताएका छन् ।

प्रतिक्रिया