बिहीबार, वैशाख १३, २०८१

लगातारको वर्षाले चाइना टाउन जलमग्न

नेपालखोज २०७७ साउन ४ गते १६:५२

काठमाडौं । लगातार परेको वर्षाका कारण काठमाडौंको सुन्धारास्थित चाइना टाउन जलमग्न भएको छ । आइतबार दिनैभरी परेको झरीले त्यहाँको पार्किङ क्षेत्रमा पानी जमेको हो ।

झरीले चाइना टाउन आसपासका अन्य क्षेत्रमा पनि पानी जमेको समाचार छ । त्यहाँ रहेको नागरिक दैनिकको पार्किङ पनि जलमग्न भएको छ । पार्किङमा राखिएका दर्जनौं सवारीसाधनहरु पानी जमेका कारण त्यहीँ अड्किएको अवस्था छ ।

 

प्रतिक्रिया