बिहीबार, वैशाख १३, २०८१

घरमा नै बसेर शिवको आराधना गर्नुस् हेर्नुस आजको राशीफल

नेपालखोज २०७७ साउन ५ गते ६:०५

श्रावणको पहिलो सोमबार शिवजीको आराधना गर्नुस, वन्दावन्दीका कारण शिव मन्दिरहरुमा भीडभाँड नगर्न सरकारले गरेको आग्रहलाई मध्यनजर गरी शिव मन्दिरमा गएर भीडभाड नगर्नुहोस् घरभित्रै बसृर शिवजीको पूजा आराधान गर्न सक्नु हुनेछ । हेर्नुस तपाईँको आजको राशीफल ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र कमको मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसरपनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । सामाजिक काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया