शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं कै खोलाहरुमा बहाव बढ्यो, नदी नाला आसपासका घरहरुमा बाढी पस्न सक्ने

नेपालखोज २०७७ साउन ५ गते ७:५५

काठमाडौं । आईतबारदेखि परेको अविरतल वर्षाका कारण मुलुकभर बाढीको जोखिम बढिरहेको बेला काठमाडौं पनि डुवानको खतरामा परेको छ । शनिवार परेको पानीले कपन लगायतका खहरेहरुमा पानीको बहाव बढेपछि सो क्षेत्र डुवानमा परेको थियो । भने आईतबार शहरका विभिन्न विजनेस कप्लेक्सहरुको पार्किङ्ग लगायतमा ढल व्यवस्थित हुन नसक्दा पानीले डुवानमा परेको थियो ।
आईतबारदेखि परेको वर्षा अहिले विहानसम्म पनि रोकिएको छैन कतै भारी वर्षा भईरहेको छन् भने काठमाडौं उपत्यकामा सिमसिम वर्षा भई नै रहेको छ । पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ ।
त्यसैले बागमती, विष्णुमती, रुद्रमति, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दै गएका कारण सर्तकता अपनाउन आग्रह गरिएको छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यद्यपी काठमाडौं भित्रका विभिन्न खहरेहरु पछिल्लो समयमा ढल हालेर सडक निर्माण गरेका कारण सो क्षेत्रमा निर्माण भएका घरहरुमा बाढी पस्ने सम्भावना धेरै नै देखिएको छ । सो क्षेत्रका घरधनीहरुले पनि सर्तकता अपनाउनु आवशयक देखिकएको छ ।

प्रतिक्रिया