शुक्रबार, वैशाख १४, २०८१

नेप्से परिसुचक ५ प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक

नेपालखोज २०७७ साउन ५ गते ११:५०

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) ५ प्रतिशतले नेप्से परिसुचक बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको छ ।

नेप्से परिसुचक ७४ अंकले वृद्धि भएर १ हजार ५५३ दशमलव ०६ विन्दुमा पुगेको छ । ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट लागेको  बजार ४० मिनेटकालागि बन्द भएको  हाे ।

सो अवधिमा ११३ ओटा कम्पनीको ९ करोड १९ लाख बरावरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ४ सय ७५ रुपैयाँमा पुगेको छ ।

बजार खुले लगत्तै एक मिनेटमै सर्किट ब्रेक लागेर पुन खुलेको कारोबारमा दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

प्रतिक्रिया