नेविसंघद्वारा त्रिविमा तालाबन्दी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन भन्दा पनि पार्टीगत भर्तीकेन्द्र बनाइएको भन्दै नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन ताला लगाएको छ ।
मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको र विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसंघ त्रिवि समितिले सोमबार रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।
विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने तथा पार्टीगत भर्तीकेन्द्र बनाइएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा ताला लगाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,– ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि पार्र्टीका कार्यकर्ताको व्यवस्थापन गर्नेगरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’ मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरू तालाबन्दी गर्न बाध्य भएको संघका नेताहरूको भनाइ छ ।
प्रतिक्रिया