मंगलबार, वैशाख ११, २०८१

सकारात्मक उर्जाकाे प्रतीक बहुउपयोगी गाई

नेपालखोज २०७७ साउन ६ गते ११:१७

सकारात्मक उर्जाको प्रतिक हो गाई । गाईमा जति सकारात्मक उर्जा अन्य कुनै प्राणीमा हुँदैन । आध्यात्मिक, धार्मिक, चिकित्सा क्षेत्र तथा आधुनिक विज्ञानमा गाईको महत्वपूर्ण योगदान रहेको छ । गाई एकमात्र त्यस्तो प्राणी हो, जसको सवैकुरा उपयोगी हुन्छ । गाईको दूधबाट बन्ने परिकारलगायत गहुँत(पिसाव), गोबर पनि उत्तिकै महत्वपूर्ण छन् । आधुनिक विज्ञानले पनि गाईलाई बहुउपयोगी प्राणी मानेको छ ।
गाईले वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्दछ । यो एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन लिएर अक्सिजन नै छोड्दछ । हामी मानवलगायत सम्पूर्ण प्राणीहरु अक्सिजन लिएर कार्वनडायअक्साइड छोड्छौं । हाम्रो गाउँघरमा गएर हेर्ने हो भने गाईको गोठमा काम गर्ने मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । सरुवा रोगले उनीहरुलाई असर गर्न सक्दैन । उनीहरु सामान्य मानिसभन्दा बढी बाँच्छन् ।
गाई दूधमा शक्ति मात्रै होइन, बुद्धि विकास गर्ने तत्व पनि हुन्छन् । कुनै पनि बच्चालाई सानैदेखि गाईको दूध मात्र खुवाएर हुर्काइएको छ भने त्यो बच्चा अरु भन्दा तिक्ष्ण बुद्धि भएको हुनेछ ।

गाईको मेरुदण्डले सूर्यबाट आउने विकीरण फिल्टर गरेर एउटा यस्तो पवित्र तत्व बनाउँछ, जुन गाईको दूध, गहुँत(पिसाव) तथा गोबरमा मिसिन्छ । उक्त दूध, गहुँत खाँदा शरीरमा सकारात्मक उर्जा पैदा गर्दछ । साथै, गोबर खेतबारीमा प्रयोग गर्दा अन्नबाली पनि उन्नत हुनेछ । हामी आफैँ प्रयोग गरेर हेरौं । कुनै पनि खेत वा बारीमा दुईवटा बेग्लाबेग्लै ठाउँ छानौं । एउटा ठाउँमा गाईको गोबर मल हालौं अनि अर्कोमा भैंसी वा अरु कुनैको गोबर मल प्रयोग गरौं । हामीले प्रष्ट देख्न सक्छौं गाईको मल प्रयोग गरेको बाली निरोगी तथा धेरै फल लाग्ने हुन्छ भने अरु मल प्रयोग गरेको ठाउँमा रोग लाग्ने तथा फल पनि थोरै फल्ने हुन्छ । गाईको मल प्रयोग गरेको छेउछाउका खेतबारीमा पनि यसको असर देखिन्छ र त्यहाँको पनि केही हदसम्म राम्रो भएर आउँछ ।

गौमुत्रमा नीम, धतुरो र आँकको मिश्रणबाट तयार गरिएको झोल रोग लागेको बाली÷बिरुवामा लगाउँदा रोग निवारण हुन्छ । त्यसैले यो किटनाशक औषधि पनि हो ।

गाईको १० ग्राम घीउको धूप लगायो भने १ टन अक्सिजन बन्दछ । यदि कसैले यज्ञ गर्दा गाईको घीउबाट हवन गरिएको छ भने त्यहाँ यति धेरै अक्सिजन बन्दछ कि पानी नपर्ने दिन पनि त्यहाँ पानी पर्दछ ।

पञ्चगब्य (गाईको दूध, दही, घीउ, गहुँत(पिसाव) र गोबरबाट बनाइने)को सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ । साथै, क्यान्सरनाशक पनि भएको कुरा वैज्ञानिकले पुष्टि गरेका छन् ।

प्रतिक्रिया