बिहीबार, वैशाख १३, २०८१

होम क्वारेन्टाइनमा पठाउने नयाँ मापदण्ड जारी

नेपालखोज २०७७ साउन ६ गते १७:५४

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट नेपाल फर्किने व्यक्तिहरुका लागि होम क्वारेन्टाइनमा बस्नका लागि मापदण्ड बनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘होम क्वारेन्टिन सम्बन्धि मापदण्ड २०७७’ जारी भएको जानकारी दिए । मन्त्रालयले कोभिड— १९ देशबाट नेपाल फर्किने व्यक्तिहरुले घरमा तोकिएको मामदण्ड पुरा गरि होम क्वारेन्टाइनमा बस्न सक्ने जनाएको छ ।

सम्बन्धित अधिकारीले होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिन होम क्वारेन्टाइनमा पठाउन सक्ने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया