बिहीबार, वैशाख १३, २०८१

बुधबारदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेज खुल्ने

नेपालखोज २०७७ साउन ७ गते १०:४०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरु बुधबारदेखि खुल्ने भएका छन् । सरकारले  साउन ६ गते  मंगलबार राती देखि लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाे भन्दै त्रिविले सूचना प्रकाशन गरेकाे छ ।

विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएकाे छ ।

चैत्रकाे पहिलाे हप्ता नेपालमा दाेस्राे व्यक्तिमा काेराेना देखिएसँगै सरकारले संक्रमण नफैलियाेस् भनेर २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

कलकारखाना, सरकारी तथा नीजि व्यवसायदेखि शैक्षिक संस्थाहरू पूर्णरुपमा बन्द भएसँगै परीक्षाहरु पनि स्थगित गरिएको थियो । त्यस्तै शिक्षक र कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा घाेषणा गरेकाे थियाे ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले साउन ६ गते मध्यरातिदेखि सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि त्रिविअन्तर्गतका सबै कलेजहरू संचालन हुने जानकारी दिए ।

प्रतिक्रिया