बिहीबार, वैशाख १३, २०८१

मुस्ताङमा देखा पर्यो सलहको ठुलो झुन्ड

नेपालखोज २०७७ साउन ७ गते १३:४६

मुस्ताङ । हिमालीजिल्ला मुस्ताङमा पुनः चौथो पटक सलह किराको ठूलो झुन्ड देखा परेको छ । यसअघि ३ पटकसम्म मुस्ताङमा सहल किरा प्रवेश गरेको थियो । सलहको झुन्ड हिजो र आज मुस्ताङको आकाश, खेतबारी र गाउँबस्तीमा देखा परेको छ ।

सलह किरा तराई र पहाडि क्षेत्रकाविभिन्न स्थानमाप्रवेश गरी अन्नवाली सखापपारेको अवस्थामाचिसो मौसमीवातावरण भएको स्थानहिमालसम्म सलह फैलिएको र त्यो झुन्ड उत्तरतर्फ गएको जोमसोमका स्थानीयले बताएका छन् ।

सलहको झुन्ड मुस्ताङको सदरमुकाम जोमसोमलगायतक। विभिन्न गाउँहरुको खेतवारीमा पसेर आलु ,फापर ,स्याउ र मकै जस्ता बर्खेबालीलाई आंशिकक्षति पु¥याएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया