शुक्रबार, वैशाख ७, २०८१

अमेरिकाको अलास्का राज्यमा ७.८ म्याग्नीच्यूडको भूकम्प

नेपालखोज २०७७ साउन ७ गते १३:५०

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अलास्का राज्यलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २:१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।

उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन । भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ ।

भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । रासस–सिन्ह्वा

प्रतिक्रिया