बिहीबार, चैत १५, २०८०

पछिल्लाे घण्टा यता थप सय जनामा काेराेना पुष्टि, निकाे हुनेकाे संख्या २ सय ७

नेपालखोज २०७७ साउन ७ गते १६:३१

काठमाडाैं । नेपालमा थप  १ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लाे २४ घण्टा यता देशभर  ३ हजार ७ सय ७९ जनामा गरिएकाे काेराेना परीक्षणमा थप १ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस विफिङमार्फत जानकारी दिए ।

कोरोना संक्रमणबाट बुधबार २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  प्रवक्ता डा. गाैतमले बताएका छन् ।

त्यस्तै पछिल्लाे २४ घण्टा यता २ सय ७ जना काेराेना संक्रमितमुक्त भएका छन् । याेसँगै काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ । हालसम्म नेपालभर काेराेना संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ । नेपालमा काेराेनाबाट ४२ जनाकाे मृत्यु भएकाे छ ।

 

प्रतिक्रिया